लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मिडफिल्डर लाकेन लिम्बूले अब क्याम्बोडियन प्रिमियर लिगमा खेल्ने भएका छन्। उनलाई किरिभोङ सोक सेन चे एफसीले सन् २०२५/२६ सिजनका लागि अनुबन्ध गरेको हो। गत सिजन भारतको आई-लिगमा दिल्ली एफसीबाट प्रभावशाली प्रदर्शन गरेका लिम्बूले अब विदेशी लिगमा अर्को चुनौती सामना गर्न लागेका हुन्।

किरिभोङले अघिल्लो सिजन ११ टोली सहभागी लिगमा १०औं स्थान हासिल गरेको थियो। टोलीले १ जित र ३ बराबरीको नतिजा निकालेको थियो। यद्यपि, लिगमा रिलिगेसनको व्यवस्था नरहेका कारण टोलीले अर्को सिजन पनि भाग लिन पाउनेछ।

प्रतिक्रिया