SEE 081 मा भीमेश्वरको अब्बल नतिजा: २१ जना A+ सहित शतप्रतिशत उत्तीर्ण

मास मिडिया संवादाता (काठमाडौँ)– कागेश्वरी मनोहरा नगरपालिकामा सञ्चालित भीमेश्वर एकेडेमीले यस वर्ष SEE 081 मा अब्बलताको इतिहास रच्दै देशभरकै उत्कृष्ट विद्यालयहरू मध्ये एक बन्न सफल भएको छ । १४ औं ब्याचका २४ जना विद्यार्थीहरूमध्ये २१ जनाले A+ र ३ जनाले A ग्रेड ल्याएका छन्। यो परिणामले विद्यालयको गुणस्तरीय शिक्षालाई उजागर गर्दै अभिभावक र समाजमा नयाँ भरोसा स्थापित गरेको छ।

विद्यालयको औसत जिपिए ३.९६ रहेको छ, जुन विगत वर्षको भन्दा झन् सुधारिएको छ। केवल अंक मात्रै होइन, जीवन जिउने सीप र व्यवहारिक ज्ञान पनि यो विद्यालयले विद्यार्थीसँगै गाँसेको छ। यसैले पनि भीमेश्वर स्कूल शिक्षा र जीवनकलाको सन्तुलित थलोका रूपमा स्थापित हुँदै गएको छ।

भीमेश्वरलाई ‘ग्रेडसिट मात्रै दिने होइन, जीवन सृजना गर्ने संस्था’ भनेर चिनिन्छ। यहाँ पढाइसँगै बालबालिकालाई आत्मनिर्भरता, अनुशासन, इमानदारी, आत्मविश्वास र समाजसेवाको भावनाले सुसज्जित बनाइन्छ। "ICS" मोडेलमार्फत् व्यक्तिगत विकासमा केन्द्रित यो संस्थाले चाैतर्फी प्रगतिको मार्ग प्रशस्त गरिरहेको छ।

विद्यालयलाई कागेश्वरी मनोहरा मात्र होइन, देशैभरबाट पनि प्रशंसा मिलिरहेको छ। विद्यार्थी, अभिभावक र शिक्षकबीचको समन्वय, मार्गदर्शन र निरन्तर श्रमले यो सफलता सम्भव भएको हो। यही कारणले अभिभावकहरू विद्यालयप्रति अझ बढी भरोसा गर्न थालेका छन्।

विद्यालयका प्रिन्सिपल अमृत खड्काका अनुसार "भीमेश्वरमा एकपटक भर्ना भएपछि कहिल्यै पछुतो हुनुपर्दैन। शिक्षाको गहिरो मुल्य, संस्कारको समावेशी प्रवाह, र आत्मविश्वासको निर्माण यहीँबाट सुरु हुन्छ। नतिजा मात्र होइन, व्यक्तित्व निर्माणमा पनि अग्रणी भीमेश्वर विद्यालय सबैका लागि प्रेरणादायी बनेको छ।"

प्रतिक्रिया