प्रधानमन्त्री ओली दोस्रो पटक चिन भ्रमणमा जाँदै, राष्ट्रपति सीसँग औपचारिक भेटघाटको कार्यक्रम तय

MMI संवाददाता (काठमाडौं)– प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओली आगामी अगस्ट ३० मा चीन प्रस्थान गर्नेछन् र सेप्टेम्बर ३ मा स्वदेश फर्किने कार्यक्रम तय भएको छ। यो भ्रमणका क्रममा उनले शाङ्घाई सहयोग संगठन (SCO) को शिखर सम्मेलनमा सहभागिता जनाउने छन्, साथै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय भेटवार्ता समेत गर्ने कार्यक्रम रहेको छ। यो भ्रमण नेपालको कूटनीतिक सक्रियता र छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध सुदृढ गर्ने दिशामा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

यस भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच उच्चस्तरीय भेटवार्ता हुने निश्चित भएको छ। दुई नेताबीचको यो वार्ता नेपालको भौतिक पूर्वाधार, ऊर्जा, व्यापार र पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने दिशामा केन्द्रित रहने अपेक्षा गरिएको छ। चीन र नेपालको सम्बन्ध विगत केही वर्षयता रणनीतिक रूपमा मजबुत बन्दै गएको छ, र यो भ्रमणले दुई देशबीचको आपसी विश्वास र समझदारीलाई अझ गहिरो बनाउनेछ। चीनसँगको बलियो साझेदारी नेपालका लागि वैकल्पिक व्यापारिक मार्ग र लगानीको स्रोत बन्ने सम्भावना छ।

साथै, प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटघाट गर्ने सम्भावना रहेको छ, जसले दक्षिण एशियाली क्षेत्रमा आपसी समझदारी र स्थायित्वका लागि सकारात्मक संकेत दिनेछ। ओलीको यो भ्रमण एक वर्षको अवधिमा दोस्रो चीन भ्रमण हो, जुन नेपालको कूटनीतिक सक्रियतालाई दर्शाउँछ। आगामी सेप्टेम्बर ३ मा भारत भ्रमणमा जानु उनको क्षेत्रीय सन्तुलन कायम राख्ने रणनीतिक सोचको संकेत हो। भारत र चीन दुबै शक्तिशाली छिमेकीहरूसँग सम्बन्ध सुदृढ गर्नु नेपालको दीर्घकालीन हितमा रहेकोले, ओलीको यी भ्रमणहरूले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया