कसैले नदेख्ने ठाउँमा लगेर मेरो शालिक गाडिदिनुः माओवादी नेता सुदन किराँती

एमएमआई संवाददाता- रानमा बनाइएको आफ्नो शालिकप्रति असहमति जनाउँदै माओवादी नेता तथा सांसद सुदन किराँतीले सामाजिक सञ्जालमार्फत भावुक प्रतिक्रिया दिएका छन्। उनले आफूलाई शालिक बनाइदिनेहरूप्रति सम्मान प्रकट गरे पनि, शालिक बनाउने चाहना न अहिले भएको न त भविष्यमा हुने बताएका छन्। शालिक पूजाको संस्कृतिप्रति वैचारिक विरोध रहेको स्पष्ट गर्दै किराँतीले भनेका छन्, "मैले शालिक बनाउनु पर्ने किसिमको देशलाई योगदानपनि के नै पो गरेको छु र?"

उनले उक्त शालिकलाई कसैले नदेख्ने र कहिल्यै नभेट्ने ठाउँमा लगेर गाडिदिन धरान स्थानीय सरकारसँग माग गरेका छन्। साथै, सामाजिक सञ्जालमा भइरहेका प्रतिक्रियामा शब्दहरूले ‘आफैं आत्महत्या गरिरहेको’ जस्तो लाग्ने उल्लेख गर्दै, विचार व्यक्त गर्दा सभ्य र स्तरीय ढंगले प्रस्तुत हुन सबैलाई सुझाव दिएका छन्। किराँतीले लेखेका छन्, “सामाजिक सञ्जालमा विचार राख्दा दुनियाँ सामु आफ्नो योग्यताको पनि मापन भइरहेकै हुन्छ, त्यसैले स्वस्थ बहस र मर्यादित टिप्पणी आवश्यक छ।”

प्रतिक्रिया