MMI संवादाता- बहुविवाहसम्बन्धी कानुन नल्याउने आश्वासनपछि बिनु यादवले अनशन तोडडेकी छन् । बहुविवाह गर्न पाउने कानुन ल्याउन लागिएको भन्दै विरोधस्वरूप अनशनमा बसेकी अधिकारकर्मी बिनु यादवले आफ्नो अनशन तोडेकी हुन्। उनी ६ दिनदेखि निरन्तर अनशन बस्दै आएकी थिइन्।
बुधबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले उक्त कानुन संसदमा नल्याउने स्पष्ट प्रतिबद्धता जनाएपछि यादवले अनशन तोड्ने निर्णय लिएकी हुन्। मन्त्री चौरसियाले संसद्मा बहुविवाहलाई प्रोत्साहन गर्ने खालको कुनै कानुन दर्ता नगरिने स्पष्ट पारेका थिए।
यादवले उक्त कानुनले महिलाको अधिकारमा गम्भीर क्षति पुर्याउने भन्दै विरोध जनाउँदै आएकी थिइन्। उनले समाजमा लैङ्गिक समानताको सन्देश फैलाउने र महिला हिंसाविरुद्धको आवाज बुलन्द बनाउने उद्देश्यले यो अनशन सुरु गरेकी थिइन्। कानुन मन्त्री चौरसिया आफै अनशन स्थल पुगेर यादवलाई जुस खुवाएका थिए ।