रुकुमपूर्व, फागुन २१– चितवनमा मतदान गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टरमार्फत रुकुम पूर्व पुगेका छन्। उनले भरतपुर–१४ स्थित मतदान केन्द्रमा भोट खसालेपछि रुकुम पूर्व प्रस्थान गरेका हुन्।
रुकुम पूर्व उनले त्यहाँका मतदान केन्द्रहरूको अवस्थाबारे जानकारी लिने र मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यस क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि प्रचण्डसहित ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।
२० फाल्गुण २०८२, बिहिबार १२:०७ मा प्रकाशित