प्रेम, रहस्य र आत्मिताको त्रिवेणी "भन प्रिय" बोलको गीत सार्वजनिक

मास मिडिया संवादाता (काठमाडौँ)– प्रेम, रहस्य र आत्मियताको गहिरो भाव समेटिएको नयाँ गीत "भन प्रिय" हालै म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ। यस गीतमा भावनात्मक शब्द र मिठासपूर्ण संगीतले श्रोताहरुको हृदयलाई छुने प्रयास गरेको छ।

गायक दिप्सन लिम्बुको मन छुने स्वरमा प्रस्तुत यो गीतमा वरिष्ठ गीतकार सगोत्री आचार्यका शब्दहरूले प्रेमको जटिलता र गहिराइलाई सूक्ष्म रूपमा व्यक्त गरेका छन्। यस गीतमा वरिष्ठ सङ्गीतकार धनु ज्ञाङ्मीले सहज र मधुर धुन तयार पार्नुभएको छ, जसले गीतको भावलाई अझै प्रभावकारी बनाएको छ।

म्युजिक भिडियोमा अर्जुन खड्का र रोदा राईको अभिव्यक्तिले गीतका भावनालाई दृश्यमा प्रकट गरेको छ, जसले दर्शकलाई कथासँग जोड्न सफल भएको छ। भिडियोको सम्पादन र मिक्सिङ शम्भुकुमार तन्डुकारले गरेका छन् जसले समग्र प्रस्तुतीलाई थप आकर्षक बनाएको छ।

यो गीत दिप्सन लिम्बुको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ र यसले संगीतप्रेमीहरू माझ निकै सकारात्मक प्रतिक्रिया पाएको छ। "भन प्रिय" प्रेमका भावनालाई एक नयाँ आयाममा पुर्‍याउने गीतको रूपमा चर्चामा छ।

प्रतिक्रिया