पत्रकार दिनेश सिटौलाको शव पोस्टमार्टमका लागि त्रिवि अस्पताल लगियो

मास मिडिया संवादाता (काठमाडौँ)– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारका क्रममा सहभागी पत्रकार दिनेश सिटौला गाडीबाट खसेर बेहोस भएका छन्। प्रचार टोलीसँगै यात्रा गरिरहेका सिटौला  गाडीबाट लडेका थिए।

घटनापछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि उनलाई ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा  उनको मृत्यु भएको हो।

ब्रेन ह्यामरेजका कारण मृत्यु भएको अस्पतालले जनाएको छ सिटौलाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गर्न शव त्यहाँ पुर्‍याइएको हो। उनको आइतबार  दिउँसो १२ः४५ बजे  निधन भएको हो।

प्रतिक्रिया