एमाले अध्यक्ष ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयमा गरे मतदान

भक्तपुर, २१ फागुन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्।

भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर उनले आफ्नो मत खसाले। ओली पूर्वप्रधानमन्त्री समेत हुन्। मतदानका क्रममा सुरक्षा व्यवस्था कडा बनाइएको थियो। मतदानपछि उनले मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन्।


प्रतिक्रिया