MMI संवादाता- सरकारले एकैपटक ७२ जना सहसचिवहरूको सरुवा गरेको छ। यो निर्णय गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पारित गरिएको हो । विभिन्न मन्त्रालय तथा विभागमा कार्यरत सहसचिवहरूलाई नयाँ जिम्मेवारी दिइएको छ।
सरोकारवाला निकाय सामान्य प्रशासन मन्त्रालयले उक्त निर्णयलाई बुधबार सार्वजनिक गरेको हो। यो सरुवा प्रशासनिक सुधार र कार्यकुशलता अभिवृद्धि गर्ने उद्देश्यले गरिएको सरकारको भनाइ छ। सरुवा भएका सहसचिवहरूलाई संघ प्रदेश र संवैधानिक निकायहरूमा पठाइएको छ भने पालिका र प्रदेशहरूमा लामो समय काम गर्ने सहसचिवलाई संघमा ल्याउने तयारी सरकारले गरेको छ ।
२८ साउन २०८२, बुधबार ०९:२७ मा प्रकाशित