नेसनल भोलेन्टियर्स फोर्स आज घोषणा हुँदै

नेसनल भोलेन्टियर्स फोर्स आज घोषणा हुँदै
एमालेको जनसंगठन समन्वय संयन्त्रले मार्चपाससहित नयाँ संगठन नेसनल भोलेन्टियर्स फोर्स गठन गर्ने तयारी गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज औपचारिक घोषणा गर्नेछन्। यो संरचना नियमित अधिवेशनबाट होइन, कार्य–क्षमताका आधारमा नेतृत्व चयन हुने प्रकारको रहने जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले बताएका छन्। उनका अनुसार संगठनलाई पार्टीको उच्च नेतृत्वले सीधै परिचालन गर्न सक्ने गरी बनाइँदै छ।

सचिवालय बैठकमा उठेका प्रश्न
घोषणाभन्दा एक दिनअघि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सात घन्टाभन्दा लामो सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र विष्णु पौडेल तथा सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराईले नयाँ फोर्स गठनबारे प्रश्न उठाएका थिए। संगठनको संरचना, आवश्यकता र संचालन विधिबारे पार्टीभित्रै स्पष्टता आवश्यक रहेको उनीहरूको धारणा थियो।

प्रतिक्रिया