गैरीगाउँस्थित एक काठ गोदाममा भीषण आगलागी

मास मिडिया संवादाता (काठमाडौँ)-  काठमाडौंको गैरीगाउँस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ । आगलागीको कारणबारे थप बुझ्ने काम भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताएका छन् ।

आगलागीपछि धुवाँको मुस्लो ठूलो फैलिएको छ । अहिले नेपाल प्रहरी, महानगर प्रहरी लगायतले दमकलको सहायताबाट आगलागी नियन्त्रणको प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

गोदाममा ठूलो परिमाणमा काठ तथा काठजन्य सामग्री भण्डारण गरिएकाले आगो तीव्र रूपमा फैलिएको थियो। आगलागीबाट गोदाममा रहेका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको अनुमान गरिएको छ।

प्रतिक्रिया