MMI संवादाता- नवनियुक्त मन्त्रीहरूको शपथग्रहण सोमबार दिउँसो २ बजे शीतल निवासमा हुने भएको छ। प्रधानमन्त्री शुशिला कार्कीले अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री पदमा नियुक्त गर्न सिफारिस गरेकी थिइन्। राष्ट्रपतिबाट शपथ गराएर उनीहरूलाई पदस्थापन गरिने तयारी भए पनि पाँचै जनाको शपथ एकैसाथ हुनेमा अन्योल देखिएको छ।
संगीता कौशल मिश्रा नियुक्तिको विषयमा विवाद उठेपछि उनको शपथ अझै निश्चित हुन सकेको छैन। बाँकी चार मन्त्रीले भने तोकिएको समयमा शपथ लिने तय भइसकेको छ। मिश्रा नियुक्तिका विषयमा सरकारभित्रै प्रश्न उठेको र आवश्यक कानुनी प्रक्रिया पूरा नभएको भन्दै शंका गरिएको छ। यद्यपि सरकार पक्षले अन्तिम निर्णय सोमबार दिउँसो शपथकै सन्दर्भमा लिने बताइएको छ।
५ असोज २०८२, सोमबार ०९:११ मा प्रकाशित