एमाले महाधिवेशनअघि पदाधिकारी संख्या बढाउने ओलीको तयारी

मास मिडिया संवादाता (काठमाडौं)— आसन्न ११ औं महाधिवेशन नजिकिंदै गर्दा पदका लागि बढ्दो आकांक्षा सम्हाल्न कठिन भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वले पदाधिकारी संख्या बढाउने तयारी तीव्र पारेको छ। पार्टीभित्र शीर्ष तहमा बढ्दो प्रतिस्पर्धा र असन्तुष्टि न्यूनिकरण गर्न ओलीले यो कदम चाल्न लागेको बताइन्छ।

यही सन्दर्भमा उनले शुक्रबार सचिवालय बैठक बोलाएका छन्, जहाँ पदाधिकारी संख्या अहिलेको १५ बाट पुनः १९ मा लैजाने प्रस्ताव टेबल हुने अपेक्षा गरिएको छ। शनिबारदेखि सुरू हुने महाधिवेशनअघि नेतृत्व समायोजन टुंग्याउन ओली सक्रिय रूपमा लागेको देखिन्छ।

भदौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा झारेको थियो। तर पार्टीभित्र समन्वय र शक्ति सन्तुलन मिलाउन कठिन भएपछि फेरि पुरानै संरचनातर्फ फर्कने संकेत देखिएको एमाले निकट स्रोतहरूले बताएका छन्।

प्रतिक्रिया