उपमहासचिव मेटमणि चौधरीविरुद्ध चेक अनादर मुद्दा: एकीकृत समाजवादीभित्रको नैतिकता र नेतृत्व संकट

मास मिडिया संवादाता (काठमाडौँ)– सङ्घीय सांसद तथा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुर अन्तर्गत चेक अनादरको आरोपमा जाहेरी परेको छ। दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका चौधरीविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा दर्ता गरिएको उजुरीमा उनले दिएको चेक अस्वीकृत भएको जनाइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान प्रारम्भिक चरणमा रहेको जनाएको छ।

एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री मेटमणि चौधरीविरुद्ध चेक बाउन्स प्रकरणमा प्रहरीमा जाहेरी परेको समाचारले नेपालको राजनीतिमा नैतिकता र सार्वजनिक उत्तरदायित्वको गम्भीर बहस फेरि एकपटक उठाएको छ। सार्वजनिक पद सम्हालेका व्यक्तिहरूको कानुनी अनुशासनमा प्रश्न उठ्दा त्यसको असर केवल उनीहरूमा सीमित नहुने, सम्पूर्ण संस्थाको छविमा प्रत्यक्ष असर पार्ने विषय हो। 

चौधरीविरुद्ध परेको जाहेरी अनुसार उनले दिएको चेक अस्वीकृत भएको र सो विषयमा कानुनी प्रक्रिया अघि बढाइएको हो। उक्त चेक अनादर सम्बन्धी मुद्दा हाल प्रहरी अनुसन्धानको प्रारम्भिक चरणमा रहेको बताइएको छ। यदि आरोप पुष्टि भएमा, यो घटनाले केवल व्यक्तिगत हैसियतमा चौधरीको नैतिक धरातललाई मात्र हल्लाउने होइन, पार्टी नेतृत्वको आन्तरिक मूल्य, विश्वासनीयता र सामाजिक उत्तरदायित्वमा गम्भीर असर पार्न सक्छ।


प्रतिक्रिया