मंसिरमा विशेष महाधिवेशन गर्ने निणर्य गदै माओवादीको केन्द्रीय समिति बैठक समापन, केन्द्रीय समिति विघटन

MMI संवादाता- नेकपा माओवादी केन्द्रले आगामी मंसिर महिनामा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ। शुक्रबार काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले हालको केन्द्रीय समिति विघटन गर्ने निर्णय गर्दै महाधिवेशनको तयारीमा जाने घोषणा गरेको हो।

विशेष महाधिवेशनको आयोजनाका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा परिणत भएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकपछि जानकारी दिएका छन्।

यस्ता छन् निर्णयहरू

– केन्द्रीय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण । पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने । महाधिवेशन मंसिरमा गर्ने । 

– पार्टीभित्रका नेताकार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने । 

– नेपोटिज्मबारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने । संस्कार, कार्यशैली र चालचलनसम्बन्धी नीति बनाउने । 

–जेनजीलाई पार्टीका सबै कमटीमा अधिकतम सहभागी गर्ने । युवाहरूलाई प्रथामिकता दिने । 

– आईटी कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने । 

– अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्तावलाई त्यसमै समेट्ने । महाधिवेशनसम्म छलफल गर्दै जाने ।

– विभिन्न विचार मिल्ने पार्टीहरूसँग एकता गर्ने ।

प्रतिक्रिया