आगामी चैत १२ गते बस्ने नयाँ संसदको पहिलो बैठकका लागि नयाँ बैठक कक्षको तयारी तिव्र भइरहेको छ। सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवन अझै पूर्ण निर्माण भइसकेको छैन। संसद् भवन निर्माण नसकिएपछि अस्थायी हल तयार पारेर शपथ ग्रहण गराइँदैछ।
सिंहदरबारस्थित संसद भवनमा नयाँ सांसदहरूलाई स्वागत गर्न र बैठकलाई व्यवस्थित बनाउन हलको व्यवस्थापन, प्राविधिक चेकजाँच र सरसफाइका कामहरू भइरहेका छन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा पुरानो संघीय संसद् भवन पूर्णरुपमा ध्वस्त भएको छ । उक्त भवन ध्वस्त भएपछि शपथका लागि सिंहदरबारभित्रै वैकल्पिक व्यवस्था मिलाइएको हो ।
५ चैत २०८२, शुक्रबार ०४:०५ मा प्रकाशित