मास मिडिया संवादाता (काठमाडौँ)– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ले आज पदबाट राजीनामा दिने तयारी गरेका छन्। उनका शिक्षा सल्लाहकार सस्मित पोखरेलका अनुसार मेयर शाहले दिउँसो २ बजे अघि राजीनामा दिने कार्यक्रम छ। पोखरेलले जानकारी दिएअनुसार राजीनामापछि बालेन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुनेछन्। सो बैठक दिउँसो २ बजे बस्ने तय भएको छ।
मेयर शाह रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुनुपर्ने भएकाले त्यसअघि नै महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिन लागिएको पोखरेलले बताए। २ बजे रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुन मेयरज्यू जानुहुन्छ। त्यसअघि उहाँले काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिनुहुन्छ पोखरेलले भने।
४ माघ २०८२, आईतबार १०:४९ मा प्रकाशित