नेपाली कम्युनिस्ट पार्टी का २४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ

मास मिडिया संवादाता (काठमाडौँ)–  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाली कम्युनिस्ट पार्टी नेकपा का केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ज्येष्ठ सदस्य एनके प्रसाईँले केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।


काठमाडौंमा उपस्थित हुन नसकेका केन्द्रीय सदस्यहरूलाई भने भर्चुअल माध्यमबाट शपथ गराइएको पार्टीले जनाएको छ नेकपाले कुल २ हजार ४९९  केन्द्रीय सदस्य बनाएको छ। शपथ ग्रहण गराएपछि प्रचण्डले पार्टी एकता अझै बढाउँदै लाने बताएका छन । ‘अझै एकतालाई बढाउँदै विशाल बनाइनेछ,’ प्रचण्डले भने, हामी गर्वका साथ एक ठाउँमा छौं ।’ यसैगरि प्रचण्डले बृहत् वाम एकता गर्ने उद्देश्य भएको पनि बताएका छन ।



प्रतिक्रिया