MMI- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पार्टीको अनुशासन समितिले कारबाही गर्ने निर्णय गरेको छ। समितिले पटकपटक स्पष्टीकरण माग्दा पनि उनले जवाफ नदिएको भन्दै उक्त निर्णय लिएको हो। अध्यक्ष चौधरीमाथि पार्टी निर्णयविपरीत गतिविधि गरेको आरोप लागेको छ।
पार्टीभित्र आन्तरिक विवाद चुलिँदै गइरहेको छ। आज बस्ने पार्टीको विशेष भेलामा उक्त कारबाहीको विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ। नेतृत्वबीचको असहमति र कार्यशैलीको विषयले पार्टीमा गम्भीर मतभेद सिर्जना गरेको देखिन्छ।
१४ साउन २०८२, बुधबार ०३:४९ मा प्रकाशित