मास मिडिया संवादाता (काठमाडौँ)– काठमाडौं–पोखरा उडान अन्र्तगत बुद्ध एयरको फ्लाइट नम्बर ६१७ शनिबार पोखरा विमानस्थलमा अवतरणका क्रममा चरासँग ठोक्किएको छ । अल्फा–ओस्कर–चार्ली कलसाइन रहेको एटीआर–७२ विमान धावनमार्गको पूर्वी भाग रनवे १२ बाट अवतरण गर्दै गर्दा गिद्दसँग ठोक्किँदा विमानको दायाँ इन्जिनको एक प्रोपेलर क्षतिग्रस्त भएको छ ।
६८ यात्रु सवार विमानमा सबै यात्रु तथा चालक दल सुरक्षित रहेको बुद्ध एयरले जनाएको छ भने विमानले काठमाडौं फर्कने क्रममा ७२ यात्रु ल्याउने तालिका थियो तर क्षति मूल्यांकन र मर्मतपछि मात्रै पुनः उडान गरिने बुद्ध एयरले जनाएको छ ।
१३ मङ्सिर २०८२, शनिवार ०६:५५ मा प्रकाशित