मास मिडिया संवादाता (काठमाडौँ)– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो विजय हात पारेको छ। प्रतियोगिताको सुरुआती चारै खेलमा पराजित भएको जनकपुरले अन्ततः पाँचौ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित दर्ता गराएकोनेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो विजय हात पारेको छ। प्रतियोगिताको सुरुआती चारै खेलमा पराजित भएको जनकपुरले अन्ततः पाँचौ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित दर्ता गराएको हो।
जनकपुर बोल्ट्सले शनिबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै लिगमा पुनरागमनको संकेत दिएको छ। कमजोर सुरुआतपछि दबाबमा रहेको टोलीले महत्वपूर्ण क्षणमा प्रभावशाली खेल प्रदर्शन गर्दै पहिलो जित सुरक्षित गरेको हो। चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७ ओभर ३ बलमै ४ विकेटको क्षतिमा पूरा गर्यो। जनकपुरका ओपनर माज सदाकतले सर्वाधिक ६३ रनको योगदान दिए भने अनिल शाहले ६१ रन जोड़े। आसिफ शेखले १६ तथा जोन निकोल लोफ्टी इन्टनले ११ रन बनाए। अन्त्यतिर आदित्य मेहता १८ र सन्जय कृष्णमुर्ती ५ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्याए।
चितवनको बलिङ तर्फ सोहिल तन्विर, कमलसिंह ऐरी र अमरसिंह रौटेलाले एक–एक विकेट हात पारे। यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७६ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।