मास मिडिया संवादाता (काठमाडौँ)- नेकपा (एमाले) को शुक्रबार दिउँसो १ बजे नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दैछ। बैठक काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बस्ने गरी आह्वान गरिएको हो। हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित भएको छ। नवनिर्वाचित सचिव डा.राजन भट्टराईले शुक्रबारको बैठकबारे जानकारी दिएका छन्।
यो बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामयिक राजनीतिक अवस्थाबारे छलफल, जिम्मेवारी बाँडफाँट तथा आगामी कार्ययोजना तय गर्ने विषयमा विचार–विमर्श हुने अपेक्षा गरिएको छ। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरिसकेपछि बस्न लागेको यो पहिलो बैठकले पार्टीको आगामी दिशा र संगठनात्मक गतिविधिलाई स्पष्ट पार्ने विश्वास गरिएको छ।
३ पुस २०८२, शुक्रबार ११:२९ मा प्रकाशित