देवदह (रुपन्देही), १० फागुन — उज्यालो नेपाल पार्टी रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न कुलमान घिसिङ यहाँ आइपुग्नुभएको छ। सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले स्वच्छ नेतृत्व, सुशासन र पारदर्शितामार्फत देशलाई समृद्धिको दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले रुपन्देहीको कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै युवालाई रोजगारी सिर्जना गर्ने योजना अघि सार्नुभयो। जनताको विश्वास र साथले मात्रै राजनीतिक स्थायित्व र आर्थिक समृद्धि सम्भव हुने उल्लेख गर्दै उहाँले आसन्न निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो। कार्यक्रममा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेता–कार्यकर्ता र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
९ फाल्गुण २०८२, आईतबार ०६:२२ मा प्रकाशित