काठमाडौँ, १३ चैतः सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
आयोगको प्रतिवेदन सञ्चारमाध्यममार्फत बाहिरिएसँगै दोषीलाई कडा कारबाही गर्न माग भइरहेका बेला सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
१२ चैत २०८२, शुक्रबार ०५:४१ मा प्रकाशित