यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङले निर्वाचन प्रहरीलाई कार्यस्थलमा खटाएको छ ।
नेपाल–चीन उत्तरी सीमाक्षेत्रसँग जोडिएका माथिल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकालगायतका १९ मतदान केन्द्रमा १०८ जना निर्वाचन प्रहरीलाई निर्वाचन सुरक्षाका लागि आजबाट खटाउन थालिएको हो ।
१४ फाल्गुण २०८२, शुक्रबार ०१:०६ मा प्रकाशित