MMI संवादाता- नेपाली कांग्रेसले २२ कात्तिक, शनिबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थित रहन आमन्त्रण गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। बैठकमा हालको राजनीतिक परिस्थिति, सरकार सञ्चालनमा कांग्रेसको भूमिका तथा आगामी रणनीतिबारे विस्तृत छलफल हुने बताइएको छ।
बैठकले पार्टीका पूर्वमन्त्री तथा पूर्वसांसद् मोहम्मद अफताव आलमको निधनप्रति गहिरो दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गर्नेछ। कांग्रेस नेता आलमको गएराति साढे २ बजे निधन भएको थियो। उनको निधनले पार्टीले एक समर्पित, अनुभवी र जनमुखी नेताको असामयिक क्षति व्यहोर्नुपरेको भन्दै नेताहरूले श्रद्धाञ्जलि अर्पण गरेका छन्।