MMI संवादाता- फरेन्सिक विभागले सरकारलाई बुझाएको प्रतिवेदनमा हालैको जेन जी आन्दोलनमा ज्यान गुमाएका ३५ जनामध्ये अधिकांशको छातीमा गोली लागेको खुलासा गरेको छ। प्रतिवेदनअनुसार १९ जनाको छातीमा, १० जनाको टाउकामा, ४ जनाको पेटमा र २ जनाको घाँटीमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ।
फरेन्सिक चिकित्सकहरूले उक्त रिपोर्ट तयारीका क्रममा प्रत्येक शवको सूक्ष्म परीक्षण गरी घाउको प्रकार, गोलीको प्रवेश र निस्कने दिशा, तथा दूरीसम्बन्धी विवरण पनि संलग्न गरेका छन्। प्रारम्भिक निष्कर्षअनुसार नजिकैबाट गोली प्रहार गरिएको सम्भावना उच्च रहेको बताइएको छ।
यो रिपोर्टले घटनाको प्रकृति र सुरक्षाकर्मीको आचरणबारे थप प्रश्नहरू उठाएको छ। मानवअधिकार आयोगले पनि घटनाको स्वतन्त्र छानबिनको माग गर्दै न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।
११ कार्तिक २०८२, मङ्गलबार १०:०२ मा प्रकाशित