MMI- कैलाली, मंगलबार — प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना उद्घाटन समारोहमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि कडा कटाक्ष गरे। उनले रास्वपा नेताहरूले विभिन्न प्रकारका अपराध गरेर पछि सरकारमाथि गाली गर्न थालेकोू आरोप लगाउँदै भने, सरकार अदालत होइन, अदालतले थुन्छ कि छोड्छ, त्यो सरकारको हातमा हुँदैन। ठगी गरेपछि अदालतले थुन्छ, हामी के गर्नुरुू उनले रास्वपाको आक्रोशलाई ूप्रतिशोधको मानसिकताू भन्दै व्यंग्य गरेका थिए।
प्रधानमन्त्री ओलीले पछिल्लो समय रास्वपाले चलाएको तथाकथित हस्ताक्षर संकलन अभियानलाई नाटकू भन्दै त्यसले मुलुकको राजनीतिक स्थायित्वलाई असर पुर्याउने खतरा रहेको बताए। उनले भने, मलाई डर लागेको छ, तीन करोडभन्दा माथि हस्ताक्षर क्याम्पेन गयो भने१ म उहाँहरूलाई सचेत गराउन चाहन्छु – त्यसलाई त्यसभित्रै सीमित राख्नुहोस्। हस्ताक्षर अभियान बढ्दै जाँदा त्यसले वास्तविक जनमतको प्रतिनिधित्वभन्दा राजनीतिक असन्तुष्टि भड्काउने खतरा रहेको उनको तर्क थियो।
रानी जमरा कुलरिया सिँचाइ आयोजना उद्घाटन गर्दै उनले यो परियोजनाले सुदूरपश्चिमको कृषिमा क्रान्ति ल्याउने विश्वास व्यक्त गरे। आयोजनाले हजारौं किसानलाई वर्षभरि सिंचाइ सुविधा दिनेछ, जसले उत्पादन वृद्धि र जीवनस्तर उकास्न सहयोग पुर्याउने प्रधानमन्त्रीको भनाइ थियो। कार्यक्रममा उनले आगामी दिनमा विकास र समृद्धिमा केन्द्रित योजनाहरूलाई प्राथमिकतामा राख्ने बताएका थिए।