भारतीय दूताबासका प्रतिनिधिबाट सुरक्षा खतरा रहेको मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको आरोप

मास मिडिया संवादाता– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई भारतीय दूताबासका प्रतिनिधिबाट सुरक्षा खतरा रहेको गम्भीर आरोप सार्वजनिक गरेका छन्। आन्तरिक सुरक्षा परिस्थितिबारे आयोजित एक कार्यक्रममा मुख्यमन्त्री यादवले पछिल्ला केही गतिविधि र अनौपचारिक सम्पर्कहरूले शंका उत्पन्न गरेको दाबी गर्दै यसबारे संघीय सरकारले तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। उनले विदेशी कूटनीतिक मिसनले प्रदेशका निर्णय प्रक्रियामा अनावश्यक चासो बढाएको आरोप लगाउँदै आफूलाई लक्षित गरेर दवाव सिर्जना गर्ने प्रयास भइरहेको दाबी गरेका छन्।

यादवले यस प्रकारको गतिविधि नेपालको संवैधानिक स्वाधीनता, प्रदेश सरकारको अधिकार र कूटनीतिक मर्यादामाथि सीधा चुनौती भएको टिप्पणी गरे। उनले संघीय प्रहरी, गृहमन्त्रालय र सुरक्षा निकायसँग औपचारिक रूपमा विवरण पेस गर्ने तयारी भइरहेको बताउँदै प्रदेश–केन्द्र सम्बन्धमा अनावश्यक तनाव सिर्जना हुन नदिन घटनाको छानबिन आवश्यक रहेको उल्लेख गरे। भारतीय दूताबास भने यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । 


प्रतिक्रिया