मास मिडिया संवादाता (भक्तपुर)- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं विरुद्ध प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान अघि बढाउने भएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार प्रसाईंलाई सोमबार साँझ भक्तपुर बाट पक्राउ गरिएको हो। पछिल्ला सार्वजनिक अभिव्यक्ति तथा गतिविधिका कारण शान्ति सुरक्षामा असर पर्ने अवस्था देखिएको भन्दै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार प्रसाईंलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको छ र थप प्रमाण संकलन गर्ने काम भइरहेको छ। सम्बन्धित कसुर अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको जनाइएको छ भने घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
४ फाल्गुण २०८२, मङ्गलबार १२:४५ मा प्रकाशित