MMI संवादाता- नेपाली कांग्रेसको नियमित महाधिवेशनको कार्यतालिका तय गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का र दुई महामन्त्रीबीच भएको छलफल सहमतिबिनै टुंगिएको छ। महामन्त्रीहरुले आगामी निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राख्दा खड्काले आफ्नो समूहभित्र असहजता रहेको बताउँदै थप परामर्श आवश्यक भएको प्रतिक्रिया दिएका छन्।
इतरपक्षका नेताहरुले भने पुस १६ भित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने साझा धारणा बनाएका छन्। सोही विषयमा अन्तिम निष्कर्ष निकाल्ने उद्देश्यले सानेपामा पुनः छलफल गर्ने तयारी गरिएको छ। पार्टीभित्रको यो मतभेदले महाधिवेशनको मिति टुंगोमा अझ ढिलाइ हुने संकेत देखिएको छ।
१४ कार्तिक २०८२, शुक्रबार ०३:२५ मा प्रकाशित