फागुन २१– आफूले आफैँलाई भोट नहाली तीन पटक चुनाव जितेका डोल्पाका नेकपाका उमेदवार धनबहादुर बुढाले यसपटक पनि मतदान नगर्ने बताएका छन् । उनी २०७०, २०७४ र २०७९ मा पनि मतदान नगरी विजयी भएका थिए। बुढाले आफ्नो जीत मतदाताको विश्वासमा आधारित भएको बताएका छन्। उनका प्रमुख प्रतिस्पर्धी आफ्नै दाइ कर्णबहादुर बुढा मतदान गरेर चुनावमा छन्। यसले परिवारभित्रको प्रतिस्पर्धा अझ रोचक बनाएको छ।
२० फाल्गुण २०८२, बिहिबार ०१:०५ मा प्रकाशित