प्रधानमन्त्री कार्यालयबाट कुमार इङ्नाम, माधव चौलागाइँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठको नाम शीतल निवास पठाइयो

मास मिडिया संवादाता (काठमाडौं)— प्रधानमन्त्री कार्यालयबाट चार जनाको नाम राष्ट्रपति भवन शीतल निवासमा पठाइएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारका लागि सिफारिस गरिएका व्यक्तिहरूमा कुमार इङ्नाम, माधव चौलागाइँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार इङ्नामलाई भूमि, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिने तयारी अन्तिम चरणमा पुगेको छ। इङ्नाम पेसाले अधिवक्ता हुन् भने चौलागाईं जनस्वास्थ्यविद् तथा ‘सपादलक्ष कर्णाली’ पुस्तकका लेखकका रूपमा परिचित छन्।

नयाँ मन्त्रीहरूको शपथ आजै दिउँसो गराइने कार्यक्रम तयारी अवस्थामा रहेको सचिवालयले जनाएको छ, जससँगै मन्त्रिपरिषद् विस्तारलाई औपचारिकता दिने प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया