मुग्लिन पोखरा सडकखण्डको ऐनापहरामा बस दुर्घटना, घाइते ५ को उद्धार, २ जना गम्भीर

MMI संवादाता- गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा दुर्घटना भएको छ । दुर्घटनामा घाइते भएका पाँच जनाको उद्धार गरिएको छ। इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीका अनुसार, घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

प्रहरीका अनुसार दुर्घटनामा गोरखा जिल्लाको शहीद लखन गाउँपालिका–६ की ४० वर्षीया सुनु थापा, ४३ वर्षीया सिता थापा, २८ वर्षीया मिना थापा तथा गोरखा नगरपालिका–९ का ५४ वर्षीय सुनबहादुर गुरुङ घाइते भएका छन्। त्यसैगरी, आँबुखैरेनी गाउँपालिका–१ की ७ वर्षीया खुशी रामदामसमेत घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरूमध्ये ४० वर्षीया सुनु थापाको अवस्था गम्भीर रहेको छ। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार आँबुखैरेनी अस्पतालमै भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया