दाङ, १४ फागुनः प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनाले दाङ जिल्लामा गस्ती तीव्र बनाएको छ। सोही क्रममा घोराही उपमहानगरपालिका–१५ स्थित न्यूरोड क्षेत्रमा खटिएको सैनिक टोलीले नियमित सुरक्षा गस्ती गर्दै शान्ति–सुरक्षा अवस्था सुदृढ बनाइरहेको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा निकायहरू उच्च सतर्कतामा रहेका छन्। स्थानीय प्रशासनसँग समन्वय गरी सेनाले सुरक्षा व्यवस्था कडा पारेको जनाइएको छ भने सर्वसाधारणलाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ।
१३ फाल्गुण २०८२, बिहिबार १२:३२ मा प्रकाशित