कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपात, बस्तीहरू सेताम्य

मास मिडिया संवादाता (काठमाडौँ)– कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा यस वर्षको पहिलो हिमपात भएको छ। लामो समयदेखि वर्षा नहुँदा सुख्खा बनेका यी क्षेत्रहरूमा हिमपात भएपछि मौसममा परिवर्तन देखिएको छ।

हिमपातसँगै चिसो बढेको छ भने जनजीवन केही प्रभावित भएको छ। विशेषगरी बिहान र साँझको समयमा चिसो तीव्र बनेको स्थानीयले बताएका छन्।

यद्यपि, हिमपातले हिउँदे बालीका लागि अनुकूल वातावरण बनेको भन्दै किसानहरू उत्साहित भएका छन्। यसले गहुँ, जौ तथा आलुजस्ता बालीको उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

यसैबीच, केही क्षेत्रमा अत्यधिक हिउँ जम्न सक्ने सम्भावनालाई लिएर चिन्ता पनि व्यक्त गरिएको छ। भारी हिमपात भएमा यातायात अवरुद्ध हुन सक्ने र आगामी चुनाव प्रभावित हुने जोखिम रहेको सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया