सुनसरीमा यात्रुबाहक बस र माइक्रो ठोक्किँदा एक महिला सहित ३ जनाको मृत्यु,१५ जना घाइते

MMI संवादाता- काँकडभिट्टाबाट खोटाङ दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्र. २–०१–००१ ज ००४७ नम्बरको विङगर माइक्रो आपसमा ठोक्किँदा आज बिहान सुनसरीको भोक्राहनरसिंह गाउँपालिका–३ मा एक महिलासहित तीन जनाको मृत्यु भएको छ।

दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन् जसमा चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई तत्काल स्थानीय अस्पतालमा लगिएको छ र उनिहरुको उपचार भइरहेको छ।

स्थानीय प्रशासन, प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर उद्दार तथा अनुसन्धान कार्यमा खटिएका छन्। प्रारम्भिक अनुमान अनुसार तीव्र गति र सडकको अवस्था दुर्घटनाको कारण हुनसक्ने देखिएको छ, यद्यपि विस्तृत अनुसन्धानपछि मात्र यकिन हुन सक्नेछ।

प्रतिक्रिया