एमएमआई संवादाता (काठमाडौँ)– शिक्षा क्षेत्रमा प्रेरणादायी शैक्षिक कार्य गर्दै आएको संस्था नेशनल प्याव्सन, काठमाडौं जिल्ला कार्यसमितिले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उच्चतम जिपिए सहित उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, विभिन्न जिल्लाका उत्कृष्ट विषय शिक्षक तथा विद्यालयहरूलाई सम्मान गर्ने उद्देश्यले एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । सम्मान कार्यक्रम २०८२ साउन १० गते, शनिबार दिउँसो २ः३० बजे, अनुपम फुडल्याण्ड, बत्तिसपुतली, काठमाडौंमा हुनेछ। कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्त प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ।
उत्कृष्टता र योगदानको सम्मान
नेशनल प्याव्सन काठमाडौँले देशका विभिन्न माध्यमिक विद्यालयहरूबाट उत्कृष्ट शैक्षिक नजिता हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी र स्मृतिचिन्ह प्रदान गर्दै उनीहरूको सफलता र प्रयासलाई सार्वजनिक रूपमा सम्मान गर्न लागेको हो। कार्यक्रमले केवल विद्यार्थी मात्र होइन, ती विद्यार्थीहरूको सफलतामा महत्वपूर्ण भूमिका खेल्ने विषय शिक्षक र विद्यालयहरूको पनि प्रशंसा गर्दै विशेष सम्मान प्रदान गर्नेछ।
पढाइमा मात्र होइन, प्रेरणामा पनि अगाडि
नेसनल प्याव्सन काठमाडौ जिल्ला कार्यसमितिका अध्यक्ष एवं शिक्षाविद् अमृत खड्काका अनुसार कार्यक्रमले विद्यार्थीलाई शैक्षिक उपलब्धिबाट प्राप्त हुने आत्मविश्वास र गौरवको अनुभूति दिलाउनुका साथै अन्य विद्यार्थीलाई पनि प्रेरणा दिनेछ। यस किसिमको सम्मानले शिक्षालयहरूलाई अझ प्रभावकारी शिक्षण वातावरण निर्माण गर्न प्रोत्साहन गर्नेछ।
शिक्षा मन्त्रीको विशेष उपस्थितिमा भव्य समारोह
कार्यक्रमको प्रमुख आकर्षण शिक्षा मन्त्री रघुजी पन्तको उपस्थिति हो, जसले सरकारको तर्फबाट उत्कृष्ट विद्यार्थीहरूलाई शुभकामना दिने र शिक्षा क्षेत्रमा सरकारको प्रतिबद्धता पुनः व्यक्त गर्नुहुनेछ । साथै अन्य विशिष्ट व्यक्तित्वहरू, शिक्षाविद्, विद्यालय प्रतिनिधि र अभिभावकहरूको उल्लेख्य उपस्थिति रहनेछ। मन्त्री पन्तको उपस्थिति कार्यक्रममा एक नयाँ उचाई थप्नेछ भन्ने विश्वास छ। समारोहलाई थप भव्य र औपचारिक बनाउन सहयोग गर्नेछ। यसले सम्मानित विद्यार्थी, शिक्षक र विद्यालयलाई उत्साह र आत्मविश्वासको नयाँ ऊर्जा प्रदान गरी आगामी दिनहरूमा अझ राम्रो प्रदर्शन गर्न प्रेरित गर्नेछ।
सबैलाई खुला निम्तो
नेशनल प्याव्सनले कार्यक्रममा सम्पूर्ण सम्मानित अतिथि, शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीहरूलाई उपस्थित भई यो प्रेरणादायी समारोहको साक्षी बन्न हार्दिक निमन्त्रणा गरेको छ। त्यसैले, यस अवसरमा सहभागी भई विद्यार्थीहरूलाई थप हौसला प्रदान गर्न र शिक्षक तथा विद्यालयहरूको मेहनतको सम्मान गर्न, सम्पूर्ण सम्माननीय अतिथि, शिक्षकगण, विद्यार्थी, अभिभावक, विद्यालय प्रतिनिधि तथा शिक्षामा रुचि राख्ने सम्पूर्ण शिक्षाप्रेमी महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई समारोहको गरिमा बढाउन आह्वान गरिएको छ। यो कार्यक्रम केवल सम्मानको थलो मात्र नभई शिक्षा क्षेत्रको उज्यालो भविष्यतर्फको एउटा सामूहिक प्रेरणाको यात्रा हो। #MMI